अष्ट्रेलियाको मेलवर्नमा बस्दै आएका खनालले थाईल्याण्डको एसियन इन्टीच्युट अफ टेक्नोलोजीबाट विद्यालयस्तरको अध्ययन शुरु गरेका थिए । परिवार सहित अष्ट्रेलिया बसाई सरेपछि कक्षा ६ बाट उनले मेलवर्नको सरकारी स्कुलमा अध्यनलाई निरन्तरता दिएका थिए । उनी अहिले सम्म भिक्टोरियाको सेलेक्टीभ स्कुलमा पाढ्नै एक मात्र नेपाली विद्यार्थी हुन् ।
Unity in diversity - making world as our "Global Village". This is the only way to make the world wonderful.
Tuesday, 1 January 2013
भिक्टोरियाको विद्यालयस्तरिय परिक्षामा खनाल सर्वोत्कृष्ट
लुम्बिनीमा बिँड तात्यो, ताप्के तातेन
स्कूल पढदाको समयमा एउटा फूटबल म्याचमा जब हामीले प्रतिपक्षमा गोल गरेका थियौं प्रतिपक्षका किपर दु:खी हुनुको सट्टा झन आँफै गोल भन्दै नाचेका थिए । यस्ता बिभिषण प्रबृतिका अस्वाभाबिक गोल बहादुरहरु बिभिन्न रुपमा बिभिन्न स्तरमा लुम्बिनीको सन्दर्भमा बारंबार देखा परिरहन्छन् र विस्वमा नेपालको पहिचानको मूलाधारको रुपमा रहेको लुम्बिनीको बिकासमा केही हुन लाग्यो कि त बिभिन्न बहानामा देखा पर्छन् ।
बिदेशीको भनाइ र लेखाइ बेला बखतमा सुन्न र पढन पाईन्छ, यदि लुम्बिनी हाम्रो देशमा हुन्थ्यो भने हामी सुनै सुनले छापिदिन्थ्यौं । योभन्दा उपहास नेपालीको लागि अरु के हुन सक्छरु र पनि आफू पनि केही नगर्ने र अरुले लुम्बिनीमा केही गर्न लाग्यो भने पनि बिभिन्न बहानामा बिभिन्न रुप र स्तरबाट ब्यबधान सिर्जना गर्न र गराउन लाग्नेहरुको अभाव हामीकहाँ छैन । एकातिर भारत लुम्बिनीको समबन्धमा नेपालमा केही नहोस भन्ने चाहन्छ भने अर्कोतिर सीमित स्वार्थ र संकुचित घेराभन्दा माथि उठन नसक्ने रोगका कारण बाँदरको उखानलाई चरितार्थ बनाउँदै बिदेशीहरुको सामू समेत आफूलाई हास्यको पात्र बनाइरहेका छौं । तत्कालमा यस्ले सीमित स्वार्थ त पुरा गर्ला, तर ईतिहासमा आफूलाई कलंकित नबनाइ रहन सक्तैन भन्ने कुराको उनीहरुलाई हेक्क नै रहँदैन । अब पनि लुम्बिनीको बिकासमा चुक्यौं भने लुम्बिनी हाम्रो भन्ने अबसरबाट नचुकिएला भन्न् सकिन्न । यसैले आपसी आन्तरिक झगडा राष्ट्रिय मुद्धामा छचल्क्याउनु बुद्धिमानी कदापी ठहर्दैन ।
रामकुमार श्रेष्ठ
विश्वव्यापी महत्वको लुम्बिनी
विश्वमा झन्डै पचास करोड बुद्धिस्ट छन् भने बुद्धिज्मलाई धर्मभन्दा पनि बिज्ञानको रुपमा मान्नेहरु पनि लाखौं भएकाले लुम्बिनीमा पर्यटनको लागि उपयुक्त बातावरण सिर्जना गर्न सकिएको खण्डमा बर्षेनी लाखौं पर्यटक भित्र्याएर करोडौं डलर आम्दानी गर्न सकिने देखिन्छ जुन नेपालको बिकासमा कायापलट ल्याउन सहायकसिद्ध हुन सक्छ ।
लुम्बिनी शान्ति सहर बनाउने गुरुयोजना तयार गर्न लामो समयदेखि ब्यस्त थुप्रै इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनसंग सम्बन्धित जर्नलहरुको संपादक मण्डलमा कार्यरत एबं इन्जिनियरिङ्ग परियोजना व्यवस्थापनमा अन्तराष्ट्रिय ख्याती प्राप्त प्राध्यापक क्वाक वार्षिक एक लाख पर्यटक एक दिनका लागि लुम्बिनीमा आउनेलाई बढाएर हरेक वर्ष ६ लाख पर्यटक लुम्बिनीमा ल्याउने र उनीहरूलाई १५ दिन बस्ने संरचना बनाउने लक्ष प्राप्तीका लागि कार्यरत छन ।
बुद्धको यही विश्वव्यापी महत्वबाट लालायित भएर नेपालको बिबिध कम्जोरीको फाइदा उठाउँदै शक्तिका भरमा संपूर्ण विश्व मान्यता बिपरीत करोडौं खर्च गरेर नक्कली लुम्बिनी र कपिलवस्तु नै निर्माण कार्यका जुटेर झन्डै अन्तिम चरणमा पुगेको भारत जनस्तरमा नै भए पनि आजको इन्टरनेटको जमानामा सामाजिक सन्जाल एबं बिभिन्न किसिमबाट गरिएका ब्यापक बिरोधका कारण बुद्ध भारतमा जन्मिएको भन्ने दुस्प्रयास धरायासी हुन सक्ने र नैतिकताको प्रश्नको संभावनालाई ध्यानमा राखी बुद्धले ध्यान र ज्ञान प्राप्त गरेको कुरालाई आधार मानी बुद्ध भारतमा जन्मिएको कुरालाई ब्यापक रुपमा अगाडि बढाउन अग्रसर भएको देखिन्छ ।
के गर्दैछ भारत ?
२०११ को जुनमा बौद्ध इतिहास र संस्कृतिबारे अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्ने क्रममा भारतीय दूतावासले भारत, चीन, जापान, मंगोलिया, म्यानमार, नेपाल, सिंगापुर, दक्षिण कोरिया र भियतनामका अध्येता सहभागी गराएर बेइजिङमा आयोजना गरेको बुद्धिज्मः म्यापिङ एसियाज हिस्ट्री एन्ड कल्चर’ विषयमा भएको कार्यक्रम मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ओझेल पार्ने गरी भारतले बोधगयालाई बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय केन्द्र बनाउने अभियान तीब्र पार्यो । भारतलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउने अभियान अन्तर्गत कजाकिस्तान, हंगेरी, इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, कम्बोडिया, श्रीलंका, नेपाल, भियतनाम लगायतका देशमा यस अघि नै कार्यक्रम गरिसकेको कांग्रेस आइका विदेश विभाग प्रमुख करण सिंह निर्देशक रहेको भारतको सांस्कृतिक कुटनीति हेर्ने संस्था इन्डियन काउन्सिल फर कल्चर रिलेसन्स् (आइसिसिआर) र पेकिङ युनिभर्सिटीसँग मिलेर बेइजिङस्थित भारतीय दूतावासले एसिया क्षेत्रीय स्तरको उक्त कार्यक्रम आयोजना गरेका थिए ।
Subscribe to:
Posts (Atom)