Labels

Saturday 23 February 2013

अस्ट्रेलियाको जिलोङमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाइयो



Parade
२३ फेब्रुअरी, २०१३ जिलोङ अस्ट्रेलिया: बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका ४५ जातीय संस्था र अन्य करीब ६० संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित आफ्नो ३१ औं बार्षिकी भब्यताका साथ मनाएको छ । पाको फेस्टा अस्ट्रेलियाको भिक्टोरिया राज्यको प्रमुख बहु-सांस्कृतिक महोत्सबको रुपमा लिने गरिन्छ र गत तीन बर्षदेखि यो कार्यक्रममा सहभागीहरुको संख्या एक लाखभन्दा बढी हुने गरेको छ भने यस महोत्सबले उक्त एक दिनमा नै करीब पच्चीस लाख अस्ट्रेलियन डलरको योगदान स्थानीय बजारमा दिने अनुमान गरिएको छ ।
 Parade2
जिलोङमा नै नेपालीहरुको बसोबास नगण्य रुपमा रहेकोले यति ठूलो संख्यामा जन सहभागिता हुने यति ठूलो महोत्सबलाई बिशेष गरी बुद्ध जन्मस्थल बिषयमा सिर्जित बिस्वब्यापी दिग्भ्रमलाई निस्तेज पार्ने प्रयोजनको लागि अबसरको रुपमा लिइनु पर्छ भन्दै जिलोङ वरिपरिका बिभिन्न शहरबाट नेपालीहरुलाई आएर सहभागी हुन लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठद्धारा गरिएको आग्रह अनुरुप नेप्लिज असोसियसन भिक्टोरियाका अध्यक्ष बम योन्जन, नेपाली संचारका प्रबन्ध निर्देशक प्रमोद के सोनी , नमस्ते नेपाल न्यूजका प्रधान संपादक सविन थापा र लुम्बिनी-कपिलवस्तु दिवस अभियान भिक्टोरियाको बिशेष सकृयतामा आबस्यक सामग्री तयार गर्ने र जन-परिचालन गर्ने काम भएको थियो । सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर, मार्फत परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम भयो । मिस नेपाल अस्ट्रेलिया २०१२ सुश्री दीपाश्री शाहले कुमारी न्रित्य प्रदर्शन गर्नु भएको थियो ।

 Tourism secretary, Consul Generals, Movement Global Coordinator
नेपाल टुरिज्म बोर्डका अध्यक्ष एबं संस्कृति, पर्यटन एबं सिभिल एभियसन मन्त्रालयका सचिब सुशिल घिमिरे, भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन र एडिलाइडका अबैतनिक महाबाणिज्य दूत महामहिम दीपक धमलाको पनि उक्त कार्यक्रममा सहभागिता थियो । साउथ अस्ट्रेलियाका अबैतनिक महाबाणिज्य दूत महामहिम दीपक धमला र पर्यटन ब्यबसायीद्धय प्रमोद खतिवडा र सुमित प्रधानाङ्ग नेपाली स्टलमा शुरुदेखि अन्तसम्म नेपालको पर्यटन प्रबर्द्धन कार्यमा सकृय हुनुहुन्थ्यो ।
Some more photos:
Banner
Deepashree performing Kumari Dance
Stall
MP

No comments:

Post a Comment