Labels

Friday 14 December 2012

सिडनीमा वुद्ध जन्मस्थल दिग्भ्रम निस्तेज पार्ने काममा उल्लेख्य उपलब्धी


बिभिन्न देशमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस बिभिन्न कार्यक्रम सहित मनाउने क्रममा लुम्बिनीलाई प्रचार प्रसार गर्दै वुद्ध जन्मस्थल वारेको गलत चर्चा परिचर्चा र Sydney Bजानकारीलाई अन्त्य गर्न अस्ट्रेलियाका भिक्षुहरुले नेपालीहरूसंग सह्कार्य गर्ने भएका छन् । दक्षिणी गोलार्द्धकै सबैभन्दा ठूलो बुद्ध मन्दिर मानिने सिडनीको “नान टी यान टेम्पल ” र लुम्बिनी-कपिलवस्तु दिवस अभियानका नेपाली समुदाय विच सो सहमति भएको हो।
वुद्धको विस्वब्यापी महत्वबाट लालायितहरुद्धारा सीमित स्वार्थका कारण बुद्ध जन्मस्थल बिषयलाई लिएर सिर्जना गरिएको गलत प्रचार चिर्न लुम्बिनी-कपिलवस्तु दिवस अभियानको अस्ट्रेलिया राष्ट्रिय समिति, असनेपालन्युज, चिनारि नेपाल, वोर्ल्ड टी भि, एम एन टी भि लागायतको संयुक्त टोलीले गरेको अनुरोधलाई स्वीकार गर्दै उक्त वुद्ध मन्दिरका भिक्षुहरूले सो सहमति जनाएका हुन् । उक्त टोली त्यहाँ जानु अघि अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको बिशेष अनुरोधमा अस्ट्रेलियाको न्यू साउथ वेल्सका महावाणिज्यदूत महामहिम दीपक कुमार खडकाले वुद्ध प्रबर्द्धन कार्यमा लागेका अभियानको साथमा स्थानीय बिभिन्न संस्थाहरु त्यहाँ आउने कार्यक्रम रहेको जानकारी दिंदै विस्व शान्ति उद्धेस्य प्राप्तीमा दुई पक्ष बीच सहकार्य गरी अगाडि बढने बातावरण सिर्जना गर्नका खातिर आबस्यक सहयोग गरिदिन आग्रह सहितको पत्र लेख्नु भएको थियो ।

कार्यक्रममा नान्टियानाका प्रमुख म्युन युले बुद्ध जन्मस्थल नेपालको लुम्बिनी भएकोमा दुई मत नभएको बताउनु हुँदै लुम्बिनीलाई विश्वका सम्पुर्ण वौद्ध अनुयायीहरूको तिर्थस्थलको रुपमा विकास गर्न आफूहरू सहमत भएको जनाइन । उनले आगामि प्रत्येक बुद्ध जयन्तिमा नेपाली समुदायसंग मिलेर बुद्ध जन्मस्थल लुम्बिनी र नेपालको पर्यटन प्रवर्द्धनमा उक्त मन्दिरले सघाउने जनाइन । नानटियान मन्दिरले अस्ट्रेलियामा प्रकाशित हुने सम्पूर्ण बुद्धसम्बन्धि लेख, सूचना र प्रचार सामग्रिमा अवदेखि बुद्धको जन्मस्थल लुम्बिनी रहेको सत्य सन्देश उल्लेख गर्ने बताएको छ।
कार्यक्रममा अभियानका अस्ट्रेलिया संयोजक निमा शेर्पाले अभियानले ४ वर्षको अवधिमा बुद्धको जन्मस्थलसम्बन्धि भ्रम चिर्न गरेका प्रगति विवरण प्रस्तुतSydney गर्नु भएको थियो । शेर्पाले सत्य समाचार र सूचना प्रसारण गर्न आफुहरूले यो अभियानलाई छोटो समयमा नै विस्वब्यापी बनाउन सफल भएको बताउनु भयो । यस्तै अभियानका अन्य प्रतिनिधिहरूले समेत अभियानका गतिविधी प्रस्तुत गरेका थिए । कार्यक्रममा निमा शेर्पा , भीमसेन सापकोटा ,राम सन्जेल , सुजित गुरुङ , नविन राना , विनोद पौडेल , गंगा नेमकुल , मिस नेपाल – २०११ ॠचा धिताल, विनोद लगायतका नेपाली प्रतिनिधिहरूको सो अवसरमा सहभागिता रहेको थियो । लुम्बिनी-कपिलवस्तु दिवस अभियानले बुद्ध जन्मस्थल लुम्बिनी भएको भन्दै यससम्बन्धि गलत प्रचारको विरोधमा विविध गतिविधि विस्वब्यापी रुपमा सन्चालन गर्दै आएको छ । बुद्ध जन्मस्थल बिषयमा गुगलमा भएको गलत जानकारी सच्याउनु, बेलायतको सङग्रहालायमा लेखिएको सूचना सच्याउने निर्णय गराउन लगाउनु, प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु, अन्तराष्ट्रिय संगोस्ठी मार्फत तयार भएका सुझाबहरु सरकार र ठूला पार्टीहरुलाई बुझाउनु, विस्व स्तरीय पत्रकार एबं संचारका माध्यमहरुलाई वुद्ध जन्मस्थल बिषयमा गरिएका गलत सूचना प्रबाहलाई लिएर उनीहरुलाई सच्याउन दबाब दिने, अमेरिकी जुत्ता कंपनीले वुद्धको फोटो जुत्तामा राखेकोमा अमेरिकी रास्ट्रपतिलाई चिट्ठी लेख्ने अभियानअका थुप्रै गतिबिधी र उपलब्धीहरुमध्ये केही हुन । र यसरी बर्षेनी लाखौं पर्यटकको केन्द्र बनेको दक्षिणी गोलर्धकै सबैभन्दा ठुलो वुद्ध मन्दिरमा वुद्ध जन्मस्थल बिषयमा भएको यस किसिमको सकारात्मक उपलब्धी चौथो लुम्बिनी दिवसको एउटा उल्लेख्य उपलब्धी र अस्ट्रेलियाको सन्दर्भमा कोषे ढुंगा हुन सक्छ ।
Published Links:

No comments:

Post a Comment