Labels

Thursday 13 December 2012

फ्रान्समा लुम्बिनीको पम्प्लेट र सगरमाथाको तस्बिर


Posted by Ram Kumar Shrestha on November 17, 2012
पेरिस , कार्तिक २४ – नेपाली युवा बिश्व साइकल यात्री सौरब दाहालले फ्रान्सको परराष्ट्र मन्त्रालयमा पुगी गौतम बुद्ध नेपालमा नै जन्मेको हो भन्ने सन्देश दिएका छन ।
बिहिबार दाहालले मन्त्रालयमा पुगी एसिया विभाग हेर्ने अफिसर ( JENROMINCU ) सित भेट गरेका छन । भेटमा दाहालले गौतम बुद्ध नेपालमा नै जन्मेको हो भन्दै लुम्बिनीको पम्प्लेट र  सगरमाथाको तस्बिर मन्त्रालयमा दिएका थिए ।
अफिसरहरुले यात्री दाहालको यात्रालाइ कदर गर्दै प्रसंसा पत्र समेत दिएका थिए । भेटमा दाहालले नेपाल र फ्रान्सको सम्बन्ध आगामी दिनमा झन् झन् राम्रो हुदै गएको बताएका थिए। मन्त्रालयमा बिश्व साइकल यात्री दाहाल आउदा एकदम खुसि लागेको अफिसरहरुले बताए ।
फ्रान्सका लागी नेपाली राजदुत मोहन कृष्ण श्रेष्ठले दाहाललाई मन्त्रालयमा भेट घाट गर्ने ब्यबस्था मिलाएका थिए। उनको यात्रामा सफल पार्न हामी यहाका संचार माध्यमहरु माझ पनि दाहाललाइ भेट घाट गराउने प्रयास गर्ने छौ राजदुत श्रेष्ठले भने । साइकल यात्री दाहाल को फ्रान्स ५४ राष्ट्र को यात्रा हो ।
Facebook

No comments:

Post a Comment