Labels

Friday 21 December 2012

हरि श्रेष्ठको आहवान बिश्व शान्ति -२०१२


Posted by Ram Kumar Shrestha on December 22, 2012
 
 
 
 
 
 
Rate This

Hari Hongkong
२० डिसेम्बर २०१२, हङकङ : जेम्स म्युजिकग्रुप हङकङ समुहको आयोजनामा हङकङ स्थित प्रदिद्द बौद्ध गुम्बा “बिग बुद्ध” स्थित खुल्ला प्राङगणमा बिश्वशन्ति पूजाको साथमा संगित कार्यक्रम सम्पन्न गरेको छ । बुद्ध नेपालमा जन्मेका हुन् भन्ने ब्यानरको अगाडी उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा लुम्बिनि भ्रमण बर्ष २०१२को पनि ब्यापक प्रचार प्रचार गरिएको थियो । गुम्बाहरूका गुरुहरूबाट संयुक्तरूपमा बिश्वशान्ति बौद्ध पूजाको साथमा प्रसाद तथा बिबिध संगित कार्यक्रमहरू सहित सम्पन्न भएको हो ।
कार्यक्रमको दोस्रो चरणमा आयोजित साँस्कृतिक कार्यक्रमको लागि हङकङका कलाकारहरूको बेजोड प्रस्तुति तथा संगितटोली जेम्स म्युजिकग्रुप हङकङ समुहको अध्यक्ष हङकङमा रहेर नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै आएका वरिष्ठ तवला बादक हरि श्रेष्ठले आफ्नो संगितटोली जेम्स म्युजिकग्रुप हङकङ समूहले तवलाको फ्यूजन संगित श्रोता समक्ष प्रस्तुत गरेका थिए । हरि श्रेष्ठको दोस्रो प्रस्तुती नेवारी समुदायमा प्रचिलित ‘धिमा’नेवारी बाजाको संगित उपस्थित दर्शकबृन्दमाझ पस्केका थिए । प्रख्यात गायक गणेश पराजुलीले‘बुद्ध भजन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संगिता श्रेष्ठ तथा पूर्ण प्रजापतिले साथ दिएका थिए । नमोबुद्ध आमा समुह हङकङले बिभिन्न नेपाली जातिय पहिरनमा सजिएर परम्परागत नृत्य प्रस्तुत गरेका थिए । नमोबुद्ध आमा समुह हङकङले विश्व शान्ति अवसरमा देश विदेशसमा रहेका सम्पूर्ण बौद्ध धर्मलम्बीहरूलाई विश्व शान्ति एवं भावनात्मक एकताको शुभकामना सन्देश दिएका थिए ।बौद्ध धर्म गुरुले यस प्रकारको साँस्कृतिक कार्यक्रमहरूले नेपालको संस्कृतिको स्तरलाई अझै माथि उठाउन मद्धत गर्ने आफूलाई बिश्वास लागेको बताएका थिए भने बुद्धको पवित्र भूमि नेपालबाट प्रवासमा आएका हामी नेपालीहरूले बुद्धलाई सम्झेर स्वच्छ सफा मनले दियो बाल्नुपर्ने बताए ।
जेम्स म्युजिकग्रुप हङकङ समुहको आयोजनामा हङकङ स्थित प्रसिद्ध बौद्ध गुम्बा “बिग बुद्ध” स्थित खुल्ला प्राङगणमा हरि श्रेष्ठ तथा श्रेष्ठ परिवारको मुख्य सकृयतामा भएको यस भेलाले लुम्बिनि भ्रमण बर्ष २०१२को पनि ब्यापक प्रचार प्रसार तथा लुम्बिनी-कपिलवस्तु दिवस मनाउँदै बिस्व शान्तिका प्रतिक भगवान गैतम बुद्धको संझना गर्दै भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको यथार्थतालाई बिस्व सामु अझ छर्लंग पार्ने उदेश्य राखी हङकङमा स्थायी र अस्थायी रुपमा बसोबास गर्दै आएका नेपाली समुदायबाट वरिष्ठ तवला बादक हरि श्रेष्ठको संयोजकत्वमा लुम्बिनी-कपिलवस्तु दिवस अभियान हङकङका “बिग बुद्ध” स्थित खुल्ला प्राङगणमा साँस्कृतिक कार्यक्रमहरू गरेका थिए ।कार्यक्रममा जनजाति महासंघका अग्रज भक्त दुरा,एनआरएन मकाउका अध्यक्ष सुदर्शन थापा मगर,पत्रकार बिनय शाह, आदिवासी जनजाति युवा संघ हङकङका सकिव तिलक सोमै मगर,पत्रकार कुल प्रसाद गुरुङका साथै गन्यमान्य तथा बुद्धिजिवीहरूको उपस्थिती रहेको थियो । संगितटोली जेम्स म्युजिकग्रुप हङकङ समुहको अध्यक्ष हरि श्रेष्ठले समारोहको अन्त्य गरेका थिए।

No comments:

Post a Comment