Labels

Friday 14 December 2012

नेपालमा चौथो लुम्बिनी-कपिलवस्तु दिवसको अबसरमा हजारौंको सहभागिता


नोभेम्बर ३०, २०१२ काठमाण्डौ : बुद्धको जन्मस्थान सम्बन्धि भएका भ्रामक प्रचारको विरोध स्वरुप विगत ४ वर्षदेखि मनाउँदै आइएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले देश तथा विदेशमा यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यसैसन्दर्भमा लुम्बिनी कपिलवस्तु प्रबर्द्धन विश्व अभियान, राष्ट्रिय तदर्थ समिति नेपालको आयोजनामा शुक्रबार नोभेम्बर ३० का दिन र्याली सहित सभाको आयोजना गरियो । बुद्ध हाम्रा राष्ट्रिय विभुति हुन्, विश्वका गौरव हुन्, बुद्ध शान्तिका प्रणेता हुन्, अग्रदूत होइनन, बुद्ध शान्तिका महानायक हुन्, उनका उपदेशहरू पालना गरौँ, शान्ति आफैँ आउँछ जस्ता बुद्ध दर्शनका नारा लेखिएको विभिन्न प्लेकार्ड तथा ब्यानरका साथ शान्तिबाटिकाबाट १२.०० सुरु भएको सो र्याली पुरानो बसपार्क, भद्रकाली मन्दिर, सहिदगेट, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा वक्ताहरुले बुद्धसम्बिन्धी विभिन्न पाटोको चर्चा गर्दै अभियानलाई आगामी दिनमा अझ शसक्त बनाउनु पर्ने भन्दै आ–आफ्नो तर्फबाट योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका ललितपुरका पूर्वमेयर वेखारत्न शाक्यले बुद्ध जन्मेको देशमा जन्मिने हामी नेपाली भाग्यमानी भए पनि उनीप्रति न्याय गर्न नसकिएको बताउनु भयो । नेपालका पुस्तकहरुमा बुद्धको जन्मस्थानबारे भ्रम नरहेको स्पष्ट पार्दै बुद्धको उपदेशलाई मानेर गएमा देशमा शान्ति हुने धारणा व्यक्त गर्नुभयो ।
LKDN
सो सभामा पूर्व सभासद भिक्षु आनन्द,अभियानका राष्ट्रिय सल्लाहकार तथा बुद्ध जयन्ति ट्रष्ट कमिटिका अध्यक्ष धर्मबहादुर शाक्य, अभियान लुम्बिनी कपिलवस्तु प्रबर्द्धन विश्व अभियान अष्ट्रेलियाकी सदस्य लक्ष्मी तामाङ, अभियानकी सदस्य डा कुसुम शाक्य, अष्ट ज नेपालका युवराज भण्डारी, लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समितिकी सदस्य मीना शर्मा,नेपाल समितिका पर्यटन संयोजक रुपक आचार्य, रोटरी क्लब अफ थापाथलीकी सुस्मिता न्यौपाने, रोटरी क्लब रुपन्देहीका नविन पन्त, विद्यार्थी अभियानका बारेमा किशोर कुईंकेल लगायतले बोल्नुभएको थियो । सो अवसरमा अष्ट ज अभियान नेपालकी कोषाध्यक्ष चन्दा थापा, सोफिया थापा(यूके), पुष्कर केसी पनि अतिथिका रुपमा उपस्थित रहनुभएको थियो ।

आयोजक समिति सदस्य एवम् ¥यालीका संयोजक श्रीकुमार श्रेष्ठको अध्यक्षता, लुम्बिनी कपिलवस्तु प्रबर्द्धन विश्व अभियान, राष्ट्रिय तदर्थ समिति नेपालका अध्यक्ष डा. हरिकुमार श्रेष्ठद्वारा संचालन भएको सो सभामा अभियानबारे लुम्बिनी-कपिलवस्तु प्रबर्द्धन विश्व अभियानका सार्क सल्लाहकार केदार शाक्यले जानकारी दिनुभएको थियो । कार्यक्रममा उपस्थित तथा अन्य क्षेत्रबाट सहयोग पुर्याउने सबैलाई महासचिव लक्ष्मण पुरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
र्याली सुरु हुनु अघि अभियानका बारेमा लुम्बिनी-कपिलवस्तु प्रबर्द्धन विश्व अभियान, राष्ट्रिय तदर्थ समिति नेपाल उपाध्यक्ष निलकण्ठ तिवारीले जानकारी दिनुभएको थियो ।
LKDN2
LKDN5

No comments:

Post a Comment