Labels

Friday 14 December 2012

मेलबर्नमा चौथो लुम्बिनी-कपिलवस्तु दिवस बिभिन्न कार्यक्रम सहित सम्पन्न


१ डिसेम्बर २०१२, प्रेस्टन, मेलबर्न : भारतले नक्कली लुम्बिनी निर्माण कार्य सन २०१२ सम्ममा सम्पन्न गर्ने किसिमले सन २००९ को अन्तसम्ममा झन्डै असी प्रतिशत कार्य सम्पन्न भैसक्ता समेत त्यसबारे बुद्धभूमि नेपालका तर्फबाट भने कुनै पनि स्तरबाट कुनै पनि रुपमा आवाज उठेको नपाईएकोले बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले जे जस्तो रुपमा हुन्छ आवाज उठाउनु पर्छ भनी १ डिसेम्बर २००९ मा   कपिलवस्तु दिवस विस्व दिवसको रुपमा मनाउन शुरु गरिएकोमा धेरैको सुझाबलाई ध्यानमा राखी गत बर्षदेखि अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा परिवर्तन गरिएको थियो । यसरी नाम परिवर्तन गरेपस्चात अभियानले पहिलो पटक आफ्नो बार्षिकी बिभिन्न देशमा मनाउने क्रममा आज मेलबर्नको प्रेस्टनमा बिभिन्न कार्यक्रम सहित चौथो लुम्बिनी-कपिलवस्तु दिवस मनाइएको छ ।
मेलबर्नको पहिलो २४/७ नेपाली संचार रेडियोको संयुक्त रुपमा बिमोचन गर्दै भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन र अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ (साथ रेडियोका प्रबन्ध निर्देशक प्रमोद के सोनी)
मेलबर्नको पहिलो २४/७ नेपाली संचार रेडियोको संयुक्त रुपमा बिमोचन गर्दै भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन र अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ (साथ रेडियोका प्रबन्ध निर्देशक प्रमोद के सोनी)
Group
कार्यक्रमलाई संबोधन गर्ने क्रममा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जनले वुद्ध जन्मस्थल बिषयलाई लिएर विस्वब्यापी रुपमा आवाज उठाइरहेको यस अभियानका गतिबिधि मेलबर्नमा खटकिरहेकोमा अभियानका विस्व संयोजकको आगमनसंगै मेलबर्नमा अभियानका यस किसिमका गतिबिधि भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुलाई एक सूत्रमा बाँध्ने माध्यम हुन सक्ने बताउँदै अभियानको उद्धेस्य प्राप्तीका लागि आफ्नो अधिकार क्षेत्रभित्र पर्ने कुनै पनि सहयोग गर्न आफू सधैं तत्पर रहेको बताउनु भयो । 

अभियानबारेको आफ्नो प्रस्तुतिको क्रममा अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले छोटो समयमा चौध देशमा राष्ट्रिय समिति, जर्मन र अस्ट्रेलियामा क्षेत्रीय समिति, नेपालमा पत्रकारहरु र पर्यटन ब्यबसायी र लुम्बिनीमा स्थानीय स्तरमा समिति गठन गर्दै सिडनीमा भएको एनआरएनको क्षेत्रीय भेलाको क्रममा अभियान र एनआरएनको संयुक्त समितिको रुपमा लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति गठन गरेर आफ्नो विस्वब्यापी सन्जाललाई सफलतापूर्बक अगाडि बढाइरहेको जानकारी दिंदै वुद्ध जन्मस्थल बिषयमा गुगलमा भएको गलत जानकारी सच्याएको, ब्रिटिश म्युजियमलाई गलत जानकारी सच्याउने निर्णय गर्न लगाएको, विस्व स्तरीय पत्रकार जाकारीया, मासिक ११५ मिलियनका बीच आफ्नो सामग्री  लिएर जाने ३५० भन्दा बढी स्थानीय टिभीहरुको सन्जाल पिबिएस, विश्वभरका लाखौं पाठकहरुको आकर्षणको केन्द्र भएको हफिङ्टन पोस्टहरुमा बुद्ध जन्मस्थल बिषयमा उल्लेख गरिएका गलत जानकारीहरुलाई लिएर दबाब दिएको, तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई ज्ञापन पत्र बुझाएको, अन्तरराष्ट्रिय संगोस्ठी मार्फत तयार पारिएका सुझाबहरु सरकार र ठूला पार्टीहरुलाई दिएको, लुम्बिनी गेटका लागि भनेर नेपालमा बिद्यार्थीहरुको खाजा खर्चबाट १ रुपयाँको चन्दा अभियान नेपालका थुप्रै स्कूलमा सन्चालन गरिएको, अमेरिकी जुत्ता कम्पनीले जुत्तामा बुद्धको फोटो राखेकोमा अमेरिकी राष्ट्रपतिलाई पत्र लेखेको लगायतका अभियानका उपलब्धीका फेहरिस्त पेश गर्नु भयो ।
मोरल्याण्ड सिटी काउन्सिलका काउन्सिलर सु बोल्टनले आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपालको पहिचान बोकेको बुद्ध जन्मस्थल बिषयको यस किसिमको मुद्धा उठनबाट आफू प्रभाबित भएको बताउँदै आगामी दिनमा नेपाली समुदायसंग मिलेर काम गर्ने सकिने र त्यस्का धेरै संभाबनाहरु भएको बताउनु भयो । त्यस्तै डारिबिन सिटी काउन्सिलका जातीय समितिका उपाध्यक्ष नाल्लिहा सुरियानले आफूले काम गर्ने समितिका कार्य क्षेत्रहरुमाथि प्रकाश पार्दै नेपाली समुदायसंग आगामी दिनमा बिभिन्न क्षेत्रमा मिलेर काम गर्न तयार भएको बताउनु भयो । एनआरएन भिक्टोरियाका सचिब द्रोण पन्तले यस किसिमका राष्ट्रियताका मुद्धाहरुमा सबै नेपाली एक जुट हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा मेलबर्नको पहिलो २४/७ नेपाली संचार रेडियोको भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्य दूत महामहिम चन्द्र योन्जन र अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो ।
पञ्च कन्यालाई बिशेष अतिथि बनाएर शुरु गरिएको सो कार्यक्रमको शुरुवात गायक रामजी पौड्यालको भक्त राज आचार्यको जहाँ छन बुद्धका आँखा गीत गायनबाट शुरु भएको थियो । अभियानको लागि वेलायतबाट बरिस्ठ साहित्यकार डा कविताराम श्रेष्ठ र रसियाबाट डा मधु माधुर्यले भिडिओ मार्फत पठाउनु भएको अभियानको लागि सान्दर्भिक कविता देखाइेएको थियो भने हाइकुमा बिभिन्न अन्तराष्ट्रिय पुरस्कार बिजेता जनक सापकोटाले पठाउनु भएको हाइकु पढेर सुनाइेको थियो । त्यस्तै सिडनीबाट सानु घिमिरेले पठाउनु भएको कविता पढेर सुनाइेको थियो भने अनुपाम सायरले आफ्नो कविता बाचन गर्नु भएको थियो ।
कार्यक्रममा इन्जिनियर प्रफुल्ल श्रेष्ठ स्टेट कोअर्डिनेटर रहने गरी भिक्टोरियाका बिभिन्न क्षेत्रको प्रतिनिधित्व गराएर हाललाई अभियानको १७ सदस्यीय क्षेत्रीय समिति पनि गठन गरिएको छ । संयोजकहरुमा रोशनी श्रेष्ठ (बालाराट), जिलोङबाट प्रभा श्रेष्ठ र इन्जिनियर उज्वल श्रेष्ठ, रिजर्भ्यायरबाट प्रमोद के सोनी, सबिन थापा र रामजी पौड्याल, सूर्य पाण्डे (सनसाइन), प्रेस्टनबाट आभा गौतम र संगीता सुबेदी, सुजाता श्रेष्ठ (ग्लेनरोइ) , सृजना श्रेष्ठ (चेल्तेनहाम), रन्जु श्रेष्ठ (ब्रन्सविक), सुजिभ श्रेष्ठ (हथन), अनुपम सायर (कोबर्ग), रन्जन श्रीवास्तभ (ब्रोडमेडोज), र एपिङ्बाट साजन तामाङ हुनुहुन्छ । स्मरण रहोस अभियानले संगठनात्मक संरचना ठाडो नभएर तेर्सो संरचनालाई अंगीकार गरेकोले हरेक तहमा एक जना मूल संयोजक र अन्यलाई संयोजकको रुपमा राख्ने नीति लिएको छ । यसरी क्षेत्रीय समिति गठन गर्नेमा जर्मन पहिलो भएको छ भने अस्ट्रेलिया दोश्रो । कार्यक्रम सन्चालन इ प्रफुल्ल श्रेष्ठले गर्नु भएको थियो ।
Some more photos:
Presentation by Shrestha
C Yonjan
Photos by Solangture

No comments:

Post a Comment